Shittalpati
कालीगण्डकी नदीमा युुवकको शव फेला

पाल्पा, जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव विहिबार नदीमा फेला परेको हो ।

उनी पाँच दिनदेखि घरबाट हराएका थिए । नदी किनारमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update