Shittalpati
मेरी आमा

कृष्टिना आचार्य
कक्षा –२
पाल्पा आवासिय सेकेण्डरी स्कुल, तानसेन

आमाको काखमा खेल्दै  रमाउन कति मजा आउछ 
कोखाई कोखाई भन्दै  माम खुवाएको अस्ति जस्तो लाउछ ।

खालि पेट आफु बसि मलाई  खाना खुवाएको याद आउँछ 
आँखाबाट आँशु आउँदा पुछिदिन हात लम्कायको याद आउँछ ।

नाना चाचा लगाउदै  घुम्न जाने बेला रिसाउने म गर्थे 
आउ आउ नानु भनी बोलाउदा कराउँदै  म रुन्थे ।

बाबा आमासँग हिड्दानि गाला भरी आँशु हुन्थ्यो त्याँहा 
घुम्न जादा मन परेको चिज नकिनिदिय रुदै हिड्थे त्याँहा ।

साथीभाइ देख्दा मलाई खेल्न  धेरै  मजा आउछ 
टुकुन टुकुन गरी स्कुलमा डोराउदै आयको हिजो जस्तो लाउछ ।

मेरा साथी कति धेरै  थिए कक्षा भरी लथालिङ्ग 
पढ्न भन्दा लेख्न धेरै रमाईलो लागेको देखियो छरलङ्ग ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update