Shittalpati
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा

पाल्पा, अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ । मंगलबार जिल्लाको रामपुर नगरपालिका –२ भलायटारस्थित सडकमा दुई वटा ट्रकबाट ४३ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

चेकजाँचको क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरेको भेटियो प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाईएको छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update