Shittalpati
रिब्दीकोटमा विष्फोटक पदार्थ भेटियो

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका– मैदीस्थित सोमर सामुदायिक वन नजिकै विष्फोटक पदार्थ भेटिएको छ । स्थानीयले कालिका मन्दिर परीसर सरसफाई गर्ने क्रममा मन्दिरदेखी  ५० मिटर टाढा लालिगुराँसको फेदमा बिस्फोटक पदार्थ भेटाएका हुन् ।

उनीहरुले बिस्फोटक पदार्थ जस्तो देखिने वस्तु फेला परेको भनि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गरी उक्त स्थान सुरक्षित  राखेको थियो । अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक र  दि फेमस महेन्द्र दल गण नागपोखरी व्यारेकबाट उप–सेनानीको कमाण्डमा खटिएको सुरक्षाकर्मीको टोलीले शुक्रबार बिष्फोटक पदार्थ डिस्पोज गरेको छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update