चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते
शनिबार, असार ७, २०८२
हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग
शुक्रबार, असार ६, २०८२
स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
अब स्याङ्जाका अस्पतालबाटै सर्पदंशको उपचार
शुक्रबार, असार ६, २०८२
स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि पोखरा तथा पाल्पा जानुपर्ने बाध्यता हटेको हो ।
दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना
बिहीबार, असार ५, २०८२
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
बिहीबार, असार ५, २०८२
दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ ।
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
बिहीबार, असार ५, २०८२
कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।
कोदो, मकै छाडेर किबीखेतीतर्फ आकर्षण
बिहीबार, असार ५, २०८२
सत्यवति गाउँपालिका–८ भार्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । थापाले किबीखेती गरेर वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
बुधबार, असार ४, २०८२
सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उनले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै
मंगलबार, असार ३, २०८२
जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ ।
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
मंगलबार, असार ३, २०८२
यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो ।
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
मंगलबार, असार ३, २०८२
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
नेप्से परिसूचकमा सामान्य सुधार
सोमबार, असार २, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सोमबार, असार २, २०८२
पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


