विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
सोमबार, असार २, २०८२
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
सोमबार, असार २, २०८२
स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।
धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण
आइतबार, असार १, २०८२
गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी
आइतबार, असार १, २०८२
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।
गुल्मीमा कफीका बिरुवाको माग बढ्दो
शनिबार, जेठ ३१, २०८२
बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका– ५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भएको छ ।
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
शुक्रबार, जेठ ३०, २०८२
यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
शुक्रबार, जेठ ३०, २०८२
गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते
शुक्रबार, जेठ ३०, २०८२
वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
बिहीबार, जेठ २९, २०८२
राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ...
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
बिहीबार, जेठ २९, २०८२
बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल ।
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता
बुधबार, जेठ २८, २०८२
मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए ।
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान
बुधबार, जेठ २८, २०८२
धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
बुधबार, जेठ २८, २०८२
यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।


