नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो
आइतबार, मंसिर १६, २०८१

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।

पुुलको पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु
आइतबार, मंसिर १६, २०८१
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार...

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
आइतबार, मंसिर १६, २०८१
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले...

गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ
आइतबार, मंसिर १६, २०८१
लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । उनले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा...

स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन
शनिबार, मंसिर १५, २०८१
बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशड्ढा गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।

रामेछापमा जिप दुर्घटना : वडा अध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते
शुक्रबार, मंसिर १४, २०८१
रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
बिहीबार, मंसिर १३, २०८१
गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
बिहीबार, मंसिर १३, २०८१
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।

गुल्मीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर १२, २०८१
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
बुधबार, मंसिर १२, २०८१
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
-1721213853.jpg)
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
बुधबार, मंसिर १२, २०८१
पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।