Shittalpati
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो

बैतडी, जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित  २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । 
 

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर  सिगास  –१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
 उक्त दुर्घटनामा परेर बैतडीको सिगास – १ बस्ने वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी  चार  वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका– ८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका– १ बस्ने वर्ष २५ की लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते रहेका छन् । घाइतेको  डडेल्धुरा अस्पताल  उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update