नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आइतबार, माघ १३, २०८१

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
आइतबार, माघ १३, २०८१
यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।

टिप्परको ठक्करबाट एकको मृत्यु
आइतबार, माघ १३, २०८१
म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइ

सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण
आइतबार, माघ १३, २०८१
सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा सहिद माथेमाले अमरत्व प्राप्त गरेका सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उनिको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो
आइतबार, माघ १३, २०८१
कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत...

स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
शनिबार, माघ १२, २०८१
झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउन्छन् ।

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
शुक्रबार, माघ ११, २०८१
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।

चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
बिहीबार, माघ १०, २०८१
जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।
-1721213837.jpg)
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
बुधबार, माघ ९, २०८१
सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि...

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
बुधबार, माघ ९, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।

‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै
मंगलबार, माघ ८, २०८१
दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् ।

हलगोरु पाल्ने किसानलाई सम्मान
मंगलबार, माघ ८, २०८१
यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना...