Shittalpati
रास्वपाको चुनाव चिह्न फेरियो
रास्वपाको चुनाव चिह्न फेरियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ ।
संंकटमा लुम्बिनी प्रदेश सरकार
संंकटमा लुम्बिनी प्रदेश सरकार संघीय सरकारमा सत्ता फेरबदलसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको हो ।
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
एमाले सरकारबाट बाहिरियो
एमाले सरकारबाट बाहिरियो नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका...
एमाले सरकारबाट बाहिरिदैं
एमाले सरकारबाट बाहिरिदैं नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो ।
दुई महिनामै भत्कियो सत्ता गठबन्धन
दुई महिनामै भत्कियो सत्ता गठबन्धन पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै गठबन्धनको यात्रा तय गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पहिले प्रधानमन्त्री नदिएपछि निराश बनेका दाहाल त्यतिबेला अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ...
एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी
एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए ।
वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।
समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ :  नारायणकाजी श्रेष्ठ
समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ : नारायणकाजी श्रेष्ठ नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा समीकरण परिवर्तन भए पनि सरकार माओवादीको नेतृत्वमै रहिरहने बताएका छन् । शुक्रबार पार्टीको दुई महिने बैचारिक राजनीतिक तथा सांगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै उनले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस वा एमाले जो सुकैको समीकरणमा माओवादीले समर्थन...
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।
Weather Update