Shittalpati
उपराष्ट्रपतिमा यादव निर्वाचित
उपराष्ट्रपतिमा यादव निर्वाचित गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरिएको छ । चैत २ गते मध्यरातदेखि चैत ५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरिएको हो ।
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आयोगको ध्यानाकर्षण
आयोगको ध्यानाकर्षण निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा सांसद निमा गिरी नियुक्त भएकी छिन् । लुम्बिनी प्रदेश सभाको नेपाली काँग्रेस दलको तर्फबाट सांसद गिरीलाई कांग्रेसको सचेतक पदमा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्ती गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ नेपालले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । आज उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राष्ट्रपतिको जिम्मेवारी पाउने छन् । नवनिर्वाचित पोडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गरी राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गर्ने छन् । उनको प्रवेशसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने विदाई हुनेछिन् ।
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी  उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना, जनमत पार्टीबाट १ र एमालेबाट एक जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । उसले स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।
उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने
उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिलानै हुनुपर्ने स्पष्ट पारेको छ । आयोगले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक समुदाय र लि·बाट हुनुपर्ने स्पष्ट पारेपछि पुरुष उम्मेदवार हुुन नपाउने भएका हुन् ।
Weather Update