Shittalpati
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान

पाल्पा, पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् । पाण्डेले बुधबार एक कार्यक्रमको आयोजना गरी तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा एक आपसमा शुभकामना आदान–प्रदान गरेका हुन् ।

यस अघि नयाँ वर्षको अवसरदेखि शुभकामना आदान–प्रदान गर्ने परम्परा बसालेका उनले चाडपर्वमा पनि निरन्तरता दिएका छन् । उनले घर आगनमा आईपुगेको विजया दशमी, शुभ दिपावलीका अवसरमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई एकै ठाउँमा राखेर एक आपसमा शुभकामना आदान–प्रदान गरेका हुन् । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च ओहोदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि थालेको साहित्यिक यात्रालाई अहिले पनि निरन्तरता दिएका छन् । पाण्डेयले देश तथा विदेशमा रहेका नेपालीहरुलाई कविताबाटै शुभकामना व्यक्त गरे । पाण्डेयले आम नागरिक सधँै खुसी, सुखी, स्वास्थ्य रहन सकुन् भन्ने कामना गरेका छन् । उनले कुनै पनि नागरिकको आँखामा आँसु देख्न नपरोस्, सबैमा समृद्धि छाओस्, सधै सकरात्मक सोच, परोपकारी भावना जागृत होस्, सबैमा देशप्रति राष्ट्रिय र प्रेम भाव पैदा होस् भन्ने कामना समेत कवितामार्फत गरेका छन् । पाण्डेयले कविता वाचन गर्दा हलमा उपस्थित सबै अचम्म परी सुनिरहेका थिए । सधै राजनीतिक भाषणमार्फत जनताको आवाज बोल्ने पाण्डेयले आफ्नै रचनामा कवितामार्फत जनताप्रति शुभेच्छा प्रकट गर्दा धेरै जना अचम्ममा परे ।

शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तिहरु, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, प्राध्यापक, साहित्यकार,पत्रकार, विद्यार्थी लगायतले एक आपसमा पुष्पगुच्चा लिएर शुभकामना आदान–प्रदान गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update