पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
शुक्रबार, असोज ८, २०७८

अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु
शनिबार, भदौ १९, २०७८
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।

पर्वतमा पहिरोमा परी दशको मृत्यु
शुक्रबार, भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।

तम्घास–सिमलटारी सडक भासियो
बिहीबार, भदौ १७, २०७८
लगातारको वर्षाका कारण जमिन गलेपछि मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डको सेउघा सडक भासिएको छ । तम्घास–सिमलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडक भासिएको हो ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या
सोमबार, भदौ १४, २०७८
अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति
आइतबार, भदौ १३, २०७८
निरन्तर परेको वर्षाका कारण पाल्पा, गुल्मी, स्याङ्जाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
आइतबार, भदौ १३, २०७८
जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध
आइतबार, भदौ १३, २०७८
निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।

तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु
आइतबार, भदौ १३, २०७८
जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो ।

पाल्पाको निस्दीमा पुरुष मृत भेटिए
शुक्रबार, भदौ ११, २०७८
जिल्लाको निस्दी गाउँपालिका ४ भिरपानीमा एक पुरुष मृत भेटिएका छन् । निस्दी चिउरीबासका ५८ वर्षीय खड्ग सिंह बि.क. शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।