Shittalpati
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चिनगाड गाउँपालिका –६ का २७ वर्षीय जितबहादुर चलाउने रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । चलाउने दुवै टिपरको बिचमा च्यापिन पुगेका थिए । टिपरको किचाईमा परेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update