Shittalpati
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

पाल्पा, पाल्पामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार साँझा कार र मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

उनको उपचारका क्रममा शुुक्रबार राती तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार तानसेनबाट राम्दीतर्फ जाँदै गरेको लु २९ प ४३२६ नम्वरको मोटसाइकलले सोही दिशातर्फ जाँदै गरेको लुु १ क १७६४ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ९२९९ नम्वरको कारसँग ठोक्किना पुग्दा दुर्घटना भएको हो ।

 

दुर्घटनामा मोटरसाइकलमा सवार अर्को एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटसाइकलको पछाडी सवार ओमसोतिया –१ कै ३० वर्षीय भिमबहादुर बस्याल रहेको प्रहरीले जनाएको छ । उनको मिसन अस्पतालमा उपचार भइरहेको र अवस्था सामन्य रहेको छ । ट्रक र कार चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update