Shittalpati
तानसेनमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा ट्याक्टर चालक घाइते

पाल्पा, सडक माथिबाट ढुङ्गा खसेर लाग्दा एक जना घाइते भएका छन् । तानसेन नगरपालिका –८ नयाँपाटी नजिकै सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४ त ९०४ नम्बरको सिमेन्ट र छड लोड गरेको ट्याक्टर सडकमा गुडिरहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसी ट्याक्टरमा लाग्न जाँदा ट्याक्टर चालक रैनादेबी छहरा गाउँपालिका–२ का २२ वर्षीय दान बहादुर कुमाल घाईते भएका हुन् ।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update