Shittalpati
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

गुल्मी, गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।

दुर्घटनामा परी छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बाग्लुङको बाटाकाचौर गाउँपालिका –३ निवासी ४७ वर्षीया खुमादेवी काउछा, सोही ठाउँकै २५ वर्षीया चन्द्रकला काउछा, २२ वर्षीय दिपिका काउछा, ५७ वर्षीय प्रेम बहादुर काउछा, चन्द्रकोट गाउँपालिका –१ गुल्मीकी १६ वर्षीया कल्पना गलामी र वडा नम्बर ४ की २८ वर्षीया कल्पना पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते ६ जनालाई उद्दार गरी उपचारका लागि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

गाडी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरकिो प्रारम्भिक अनुमान रहेको छ । जिपमा १३ जना यात्रु सवार रहेको बुझिएको छ । चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update