सुष्मालाई बक्सिङमा रजत पदक
हाइवे-विशेष
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते

पाल्पा,पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको छ । मनाकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार विहान बुलिङटार–२, मथारमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा, स्याङजाको गल्याङ नगरपालिका–९ की ४५ वर्षीय फुलमाया विकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । बस अनियन्त्रित भई सडकबाट झण्डै सय मिटर तल भीरमा अड्किएको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएका छन् । रामपुर यातायात प्रालिका दुई वटा बस मनकामना दर्शनका लागि शनिबार बेलुकी हुँगीबाट मनकामना गएका थिए । घटनानको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!