Shittalpati
स्कुटर दुर्घटनामा गुल्मी हस्तिचौरका एक युवकको मृत्यु

बुटवल, रुपन्देहीमा भएको स्कुटर दुर्घटना गुल्मी हस्तिचौरका एक युवकको मृत्यु भएको छ । लु ५५ प ४७५९ नम्बरको स्कुटर मंगलबारराती सिद्धार्थनगर– ४ उद्योगपुरीमा अनियन्त्रित भएर पल्टिँदा गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो ।

उनी सिद्धार्थनगर नगरपालिका ४ स्थित पौवा होटेलमा कार्यरत रहेका थिए । खत्री आफैले चलाएको स्कुुटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update