Shittalpati
पाल्पाको छहरामा जिप दुर्घटना  हुँदा चार जना घाइते

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । विहीबार विहान बुटवलबाट रैनादेवी छहराको जुठापौवातर्फ जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप पाल्पा–अर्घाखाँची अन्तर्गत भित्री पक्की सडक खण्डमा पर्ने छहरा बजार नजिकै दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुुनेहरुमा झापा टोपकासी गाउँपालिका –५ का ४४ वर्षीय कृष्णबहादुर राई, रैनादेवी छहरा गाउँपालिका– जुठापौवाकी १९ वर्षीया हिरा पुन, सोही ठाउँका २४ वर्षीय दीपक पुन र ४१ वर्षीय छविला रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ११ जना सवार रहेको बुझिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update