Shittalpati
पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)

पाल्पा,पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।

आइतबार दिउँसो ४ :३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरु तीन जना पुरुष र तीन जना महिला भए पनि नाम, ठेगाना भने खुल्न सकेको छैन । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन प्रसाद भट्टराईले बताए ।

बस सडकबाट करीव १ सय मिटर तल खसेको जनाएको छ । बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी विश्व कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update