Shittalpati
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते

तानसेन, पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो ४:३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको प्रहरी चौकी हार्थोकले जनाएको छ । बस सडकबाट करीव १ सय मिटर तल खसेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धारा गरिरहेका छन् । बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी विश्व कार्कीले बताए । घटनास्थलमा अन्य घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भईरहेको र घटनास्थलमा खोजी कार्यभईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update