Shittalpati
गुल्मीमा भएको जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गुल्मी, जिल्लामा विहिबार जिप दुर्घटना भएको छ । जिल्लाको तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका ८ को तुराङ्ग मजुवामा दुर्घटना भएको हो । दुर्घनामा एकको मृत्यु दुई घाईते भएका छन् । मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिष जिसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए । घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको उनले बताए । जिप के कति कारणले दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update