Shittalpati
जिप दुर्घटनामा ४ घाइते

पाल्पा, जिल्लाको रामपुरमा भएको जिप दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । सोमबार साझाँ रामपुर नगरपालिका–२, स्थित कालीगण्डकी करिडोर सडक खण्डमा रामपुरबाट नवलपरासीको डेढगाउँतर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा जिप चालक रामपुर नगरपालिका–१, स्याउली बजारका २८ वर्षीय सन्जु श्रेष्ठ, सोही स्थानका २५ वर्षीय मनोज सिग्देल, ३५ वर्षीय सूर्य श्रेष्ठ र वालिङ नगरपालिका–६, लालुपातेका २२ वर्षीय मनोज क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

घाइतेमध्ये सूर्य श्रेष्ठको रामपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी तीन जना घाइतेलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि पोखरा मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ ।

घाइते चालक श्रेष्ठ, सिग्देल र श्रेष्ठको टाउकोमा चोट लागेको छ भने क्षेत्रीको टाउको र छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाग्रस्त सडकबाट सय मिटर तल खसेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update