Shittalpati
सवारी दुर्घटनामा एक युवकको मृत्यु

बुटवल, रुपन्देहीको बुटवलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका ३२ वर्षीय शोभाखर पन्थको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

बुटवल–११ मगरघाटबाट योगीकुटीतर्फ आउँदै गरेको उनी चढेको लु ७० प १३५३ नम्बरको मोटरसाइकल विद्युत विस्तारका क्रममा खनेको खाल्डोमा परेको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आइतबार बिहान मर्निङ वाकमा हिँडेका यात्रुले दुर्घटनाबारे प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए पनि केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी बुटवलमा फोटोग्राफर र कलाकारिता क्षेत्रमा काम गर्दै आएको बुझिएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update