Shittalpati
पाल्पाको निस्दीमा पुरुष मृत भेटिए

पाल्पा,जिल्लाको निस्दी गाउँपालिका ४ भिरपानीमा एक पुरुष मृत भेटिएका छन् । निस्दी चिउरीबासका ५८ वर्षीय खड्ग सिंह बि.क. शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

उनी गाउँपालिकाको बाटो सम्बन्धी काम गरी फर्किएको तर लामो समयसम्म पनि घरमा नआए पछि परिवारले प्रहरीलाई खवर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी रुक्सेभञ्ज्याङबाट स्थानीय सहित खटिएको प्रहरी टोलीले खोज तलास गर्दा घरदेखि १ कि.मि. टाढा बाटोबाट अन्दाजी २ सय ५० मि.तल खोल्सामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update