Shittalpati
जिप दुर्घटनामा चार घाइते

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको स्कार्पियो जिप आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा चालक तिनाउँ गाउँपालिका ३ का ५५ वर्षीय बाबुराम पाण्डे, सोही ठाउँका २६ वर्षीय बिनोद पाण्डे, २१ वर्षीय अमृत पाण्डे, नवलपरासी गैंडाकोट नगरपालिका ५ का ३४ वर्षीय गंगबहादुर दराई रहेका छन् । सडक माथिबाट झरेको ठूलो ढुंगाले लागेर जिप सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको थियो । दुर्घटनामा परी घाइते भएका दुई जना गम्भीर छन् भने र दुई जना सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update