Shittalpati
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

गुल्मी, दुर्घटनामा परी ट्याक्टर चालकको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका –५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो । बुधबार राति सत्यवतीको तल्लो हटियामा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक भने समान्य घाइते भएका छन् ।

जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ । केही दिन अघि मुसिकोटको दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । यस्तै बुधबार मात्र सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update