Shittalpati
बाढी–पहिरोका कारण गुल्मीको पुर्तिघाट बजार जोखिममा

पुरन राजकोटि मगर
गुल्मी (पुर्तिघाट),गएराती देखि परेको अविरल बर्षाका कारण पुर्तिघाट बजार बाढी–पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको कार्यालय नजिकै पुर्तिघाट बजारमा बाढी सहितको पहिरो गएपछि जोखिम बढेको हो ।

कालीगण्डकी – ४ को बेलबुटादेखि पहिरो झरेर पुर्तिघाट बजारमा छिरेको छ । बाढी पहिरोबाट यहाँका ३ घर उच्च जोखिममा परेका छन् । पुर्तिघाट बजारमा ४ वटा घर जोखिममा परि बिस्थापित हुने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

पुर्तिघाट बजारका मिना सिंजाली र सुजन श्रेष्ठको घर उच्च जोखिममा रहेको जनाइएको छ । यहाँ बजारको बिचमा रहेका कच्ची सडक समेत पहिरोको कारण हिलाम्मे भएको छन् । सडक हिलाम्मे र खालडाखुल्डी परेपछि यहाँ आवतजावत गर्ने पैदल यात्री र सवारी साधनले सास्ती खेप्नु परेको छ । बजार नजिकै विद्युत ट्रान्सर्फमर रहेकाले त्यो पनि जोखिमा रहेको स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update