Shittalpati
पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंम्वरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक पुर्वखोला गाउँपालिका –५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपर सडकदेखि ३ सय मिटर तल खोलामा खस्न पुग्दा गैरे घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update