Shittalpati
गुल्मीमा चट्याङले घर,गोठमा क्षति

पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट) जिल्लाको कालिगण्डकी गाउँ पालिका वडा नं.–४,भाङ्खर्क खोत्रोकमा चट्याङ लागेर घर, गोठमा क्षति पुगेको छ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट ७ किलोमिटरको दुरीमा पर्ने भाङ्खर्कमा यस्तो अप्रिय घटना घटेको हो ।

शुक्रबारराति आएको हावापानी सहित परेको चट्याङले टिकाराम क्षेत्री तिवारीको घर, गोठमा क्षति गरेको छ । चट्याङले विद्युत् सर्ट भई तिवारीको घर जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, पैसा र कुकुखरा समेत जलेको बताइएको छ । यस्तै उनको गोठमा रहेका पशुचौपाया समेत मरेका छन् । घटना लगत्ततै प्रहरी,जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुले क्षति पुगेका भौतिक वस्तुहरु बाहिर निकालेका लिए । घटनामा परी टिकाराम क्षेत्री तिवारी र उनकी श्रीमती सक्त घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update