Shittalpati
तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ७ स्थित सिद्धार्थ राजमार्गमा टिपरले बसलाई ठक्कर दिएको छ । विहिबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्वरको टिपरले विपरीत दिशाबाट आउदै गरेको लु १ ख ९९८२ नम्वरको बसलाई ठक्कर दिएको हो । टिपरले बसलाई ठक्कर दिदा चालक सहित बसमा सवार ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बस चालक रिब्दीकोट गाउँपालिका २ का ४५ वर्षीय केशवराज भट्टराई, रिब्दीकोट १ का २३ वर्षीय सालिकराम विक, सोही स्थानका ५८ वर्षीय चन्द्र बहादुर सुनार, रिब्दीकोट ४ का ३४ वर्षीय शेरबहादुर थापा, पूर्वखोला गाउँपालिका ३ की ३२ वर्षीया हिरादेवी राना, बुटवल उपमहानगरपालिका ३ की १६ वर्षीया पुजा सुनार, तिलोत्तमा नगरपालिका ३ की ७१ वर्षीया दुर्पता गैरे र नवलपरासी अस्नैया गणेश्वस्तिका ६ वर्षका युगेश घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।

स्कुटी दुर्घटनामा दुई घाइते

पाल्पाको रम्भा गाउँपालिका ५ ठाटी स्थित सिद्धार्थ राजमार्गमा स्कुटी दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । स्याङ्जादेखि पाल्पातर्फ आउदै गरेको लु ४८ प ५६३७ नम्वरको स्कुटी आफै अनियन्त्रित भई पल्टिदा स्कुटी चालक बगनासकाली गाउँपालिका २ का ४२ वर्षीय प्रमोद अधिकारी र पछाडी सवार सोही स्थानका ४० वर्षीय गोपाल अधिकारी घाइते भएका हुन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update