Shittalpati
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु

रमेश विश्वकर्मा

गुल्मी । जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार राती ८ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा भण्डारीलाई चट्याङले हान्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि आईतबार बिहानै ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी टोली घटना स्थलमा जाँदै गरेको बताईएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update