Shittalpati
कार दुर्घटनामा तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । गए राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीलेले जनाएको छ ।   -रासस

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update