Shittalpati
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा...

तम्घास । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टाइन बनाइएकामा बुधबार छानो उडेको हो ।

दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिए । उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ । हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र,बाल विकासका सामग्री, खेलौना लगायतमा क्षति पुर्‍याएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update