Shittalpati
जंगली च्याउ खाँदा एकको मृत्यु

अर्घाखाँची, भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । घटनामा तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको आईबार उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो ।

मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन् । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update