Shittalpati
आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने

पाल्पा, दैनिक चार घण्टा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि भने पूर्ण रुपमा खुल्ने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुन सुरू भएको थियो । काम नसकिएपछि माघ ५ बाट मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बाटो बन्द हुने गरेको हो । आइतबारदेखि भने सो चौबीसै घण्टा खुला रहेने नारायणगढ मुग्लिन सडक, नौबीसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जनाएको छ ।

पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिले काम गर्न नसकेर विस्फोट गराउने भएपछि अहिले सडक पूर्ण रुपमा सुञ्चालनमा ल्याउन लागिएको हो । विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update