सोमबार तानसेनका १८ जनासहित पाल्पाका थप २४ जनामा कोरोना पुष्टि
सोमबार, कात्तिक २४, २०७७

रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, कात्तिक २४, २०७७
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज
आइतबार, कात्तिक २३, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक २३, २०७७
पाल्पामा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार रामपुरका २ जना, बगनासकालीका १ जना र तानसेनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
शनिबार, कात्तिक २२, २०७७
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना...

बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
शुक्रबार, कात्तिक २१, २०७७
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
शुक्रबार, कात्तिक २१, २०७७
नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।

१ सय ६५ जनामा स्क्रबटाइफस
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।

पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
बुधबार, कात्तिक १९, २०७७
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
.jpg)
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
बुधबार, कात्तिक १९, २०७७
नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।