Shittalpati
आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै !

पाल्पा । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका पाल्पा सहित ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्दै छ । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

यता पाल्पाका तीन स्थानीय तहमा अस्पतालको शिलान्यास गरिँदै छ । पाल्पाको माथागढी गाउँपालिकाको झडेवा स्वास्थ्य चौकी, पूर्वखोलाको वीरकोट स्वास्थ्य चौकी र निस्दीको मित्याल स्वास्थ्य चौकीमा १५/१५ शैयाको अस्पतालको शिलान्यास गर्न लागिएको हो ।

सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शैययाको अस्पताल सञ्चालनमा ल्याउने छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update