Shittalpati
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार माथागढीका एक जना, रामपुरका एक जना, पूर्वखोलाका एक जना, रैनादेवी छहराका चार जना, रम्भाका एक जना, बगनासकालीका दुई जना, तानसेनका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा एक हजार पाँच सय ५८ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित मध्ये १ हजार ३ सय ४ जनाले कोरोना जितेरका छन् ।

यस्तै कोरोनाका कारण २२ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ३२ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ८ सय ३८ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update