Shittalpati
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना संक्रमित पाल्पाको बगनासकाली गाउँपालिका–१,चिर्तुङधाराका ३८ वर्षीय एक पुरुष र स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षीय अर्का पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

बगनासकालीका पुरुषलाई मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पछि उनलाई १४ गते अस्पताल भर्ना गरी उपचार गराइएको थियो । अर्का स्याङ्जाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना गरेकोमा मंसिर २ गते कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update