Shittalpati
१२ सय ५५ संक्रमित थपिए

पाल्पा । पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार एक हजार चारसय चार जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ ।

नेपाल अहिलेसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएका छन् भने एक हजार चार सय ७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टिनमा ६ सय ३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९ सय ९ जनाको उपचार भइराखेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update