Shittalpati
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २ सय ७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ । देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३३ जना रहेका छन् । यस्तै मंगलबार २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update