Shittalpati
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।
नेतृत्वलाई युवाको  प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ?
नेतृत्वलाई युवाको  प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ? पाल्पाका युवाहरुले स्थानीय तहहरुका प्रमुखसँग विदेश जानबाट युवालाई रोक्ने योजना के छ भनेर प्रश्न गरेका छन् । शुक्रबार पाल्पा जेसिजले तानसेनमा आयोजना गरेको स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस कार्यक्रममा सहभागी युवाहरुले विदेश जानबाट रोक्ने योजनाका बारेमा नेतृत्वसँग प्रश्न गरेका हुन् ।
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ) तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस
पाल्पाका युवाहरुको सक्रियता
पाल्पाका युवाहरुको सक्रियता पाल्पाका युवाहरुको सक्रियतामा आज जिल्लामा दुई महत्वपूर्ण कार्यक्रम हुन लागेका छन् । जेसिज र साइक्लिङ संघमा आवद्ध युवाहरुले छुट्टाछुट्टै ऐतिहासिक कार्यक्रम गर्न लागेका हुन् ।
स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ? आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुँदै
तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुँदै तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कार्तिक २३ गते शुक्रबार पाल्पा दरबार संग्राहालय परिसरमा स्थानीय सरकार र युवाबिच खुला बहस हुन लागेको हो । 
तिहारलाई झिनियाँ : पाल्पाका महिलालाई बनाउन भ्याइनभ्याई
तिहारलाई झिनियाँ : पाल्पाका महिलालाई बनाउन भ्याइनभ्याई  तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला पाल्पाका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । तानसेन नगरपालिका टक्सार टोलककी झिनिया व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक...
विकासमा राजनीति नगरौं : सांसद भण्डारी
विकासमा राजनीति नगरौं : सांसद भण्डारी गुल्मी क्षेत्र नं.१ का सांसद तथा नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले विकास योजनामा राजनीति नगर्न आग्रह गरेका छन् । आइतबार गुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले मुलुकको परिवर्तनका लागि विकास निर्माणमा भइरहेका अनावश्यक राजनीतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार   
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार    मखनटोल टोल विकास संस्थाले तिहारलाई लक्षित गरी तिहार बजार सञ्चालन गरेको छ । तिहार भाईटिकाको लागि चाहिने आवश्यक फूल, माला, टिका, भाईमसला, ओखर काजु बदाम, गढी छोडा ल्याङ, सुपारी, सप्तरंगी टिका, विभिन्न प्रकार रोटीका परिकार, ढाका टोपी, कपडाहरुको स्टल एकै स्थानमा राखी तिहार बजार सञ्चालन गरेको हो ।
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास गुल्मी क्षेत्र नं. १ का सांसद तथा काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । भण्डारीले आइतबार विधिवत पूूजा गर्दै पुलको शिलान्यास गरेका हुन् । डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका...
Weather Update