रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता
शनिबार, जेठ १४, २०७९

पूर्वखोलाले अभिभावक विहीन बालबालिकाको शिक्षाको जिम्मा लिने
शनिबार, जेठ १४, २०७९
पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावक विहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए ।

प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा
शुक्रबार, जेठ १३, २०७९
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले...

पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते
शुक्रबार, जेठ १३, २०७९
यस पटकको स्थानीयतह निर्वाचनमा पाल्पामा ९ जना पुराना अनुहारले उम्मेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा प्रमुख/अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष पालिकाको नेतृत्व गरी अनुभव संगालेका ९ जनाले पुनः यस पटकको निर्वाचनमा उम्मेदवारी दिए । उम्मेदवारी दिएका पुराना अनुहार मध्ये ६ जना पुनः निर्वाचित हुन सफल भए भने...

तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ
शुक्रबार, जेठ १३, २०७९
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताएका हुन् । उनले आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको...

पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ
बिहीबार, जेठ १२, २०७९
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ताहरु रहेका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले मुल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक्ने क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो...

माथागढीमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा
बिहीबार, जेठ १२, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले अभिभाव विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने भएको छ । गाउँपालिका अध्यक्ष यम चिदीले शपथ ग्रहणसँगै महत्वकांक्षी निर्णय अगाडि सार्दै अभिभावक विहीन बालबालिकाहरुका लागि निःशुल्क शिक्षा दिने विषयमा हस्ताक्षर गरेका छन् ।

बगनासकालीमा एमालेका कार्यपालिका सदस्य निर्वाचित
बुधबार, जेठ ११, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका वडा २ की, गीता रेग्मी, वडा ३ बाट वसन्ती थापा, वडा ५ की, खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छौं : नगर प्रमुख श्रेष्ठ
बुधबार, जेठ ११, २०७९
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले जनताले विकासको अनुभूति गर्ने गरी काम गर्ने बताएका छन् । नेपाली काँग्रेस वडा न. ९ ले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जनताले अनुभति गर्ने गरी नगरको विकास गर्ने बताएका हुन् ।

पाल्पाको एक्लो महिला वडाध्यक्ष
बुधबार, जेठ ११, २०७९
मूख्य राजनीतिक दलले उम्मेदवार चयन गर्दा स्थानीय तहका प्रमुखमा महिलालाई कम स्थान दिएजस्तै निर्वाचित हुने महिला प्रमुखहरुको संख्या पनि न्यून रहेको छ । पाल्पा सहित देशभरका स्थानीय तहका नेतृत्व तहमा न्यून संख्यामा महिला निर्वाचित भएका छन् । पालिका प्रमुख र उपप्रमुखमा केही महिलाहरु निर्वाचित भए पनि वडातहको नेतृत्व तहमा भने...

रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना
शुक्रबार, जेठ ६, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा अझै पनि मतगणाना हुन सकेको छैन । वैशाख ३१ गते देखि स्थगित भएको मतगणना शुक्रबार विहानसम्म पनि सुरु हुन सकेको छैन । आज बिहान ७ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि हुन सकेको छैन । रम्भा गाउँपालिका –५, ताँहुको मतपत्र, सीसीटीभी फुटेज, मतपत्रका अर्धकट्टी छानबिनलगायत काममा भएको...

पाल्पाका जनप्रतिनिधिले लिए शपथ
शुक्रबार, जेठ ६, २०७९
देशरभर स्थानीय तह निर्वाचनको मतगणना जारी भैरहँदा पाल्पाका नवनिर्वाचित प्रमुखहरुले भने बिहीबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले नव निर्वाचित नगर प्रमुख/अध्यक्षहरुलाई शपथग्रहण गराएका छन् ।

भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’
शुक्रबार, जेठ ६, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर प्रमुखबाट विदा भए पनि जनताको दुःख, सुखमा सँगै रहने बताएका छन् । बिहीबार जादा–जाँदै पाँच वर्षमा गरेका कामहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै भूसालले आफु पदबाट विदा भएपनि नगरवासीको सुख, दुखमा सँगै रहने बताएका हुन् । नगरप्रमुखबाट विदा भएपनि आफु तटस्थ नबस्ने उनले बताए ...