Shittalpati
पाल्पाका प्रमुख व्यक्तित्वलाई रामपुरमा स्वागत

पाल्पा, जिल्लाका प्रमुख व्यक्तित्वहरुलाई रामपुरमा स्वागत गरिएको छ । यहाँको रामपुर नगरपालिकाले भरखरै पाल्पा आए जिल्ला अदालत पाल्पाका न्यायधिस कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्बर शर्मालाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरेको हो ।

स्वागत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले अन्य क्षेत्रले रामपुरलाई फरक दृष्टिकोणले हेर्ने र फरक व्याख्या गर्ने गरेको भन्दै रामपुरलाई सकारात्मक दृष्टिकोणले हेर्न प्रमुख व्यक्तित्वहरुलाई आग्रह गरे । नगर प्रमुख थापाले नगरपालिकाको विषयमा जानकारी गराउँदै रामपुरको विकासले अन्य क्षेत्र ओझेलमा पर्ने डरले यहाँको विषयमा फरक व्याख्या विश्लेषण गर्ने गरेको बताए । प्राकृतिक स्रोत साधन र पर्यटनका हिसाबले रामपुर सम्पन्न रहेको भन्दै उनले फरक व्याख्या र विश्लेषण गर्नेहरुलाई चुनौति समेत दिए । उनले रामपुरमा सुरक्षा व्यवस्थाका लागि जनशक्ति सहितको डिएसपीको दरबन्दी आवश्यकता रहेको उल्लेख गरे । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकामा स्वागत गर्दै नगर भित्र भएका न्याय सम्पादनको बारेमा जानकारी गराउँदै नगरको विकास र समृद्धि एवं सुशासन कायम गर्न लागि स्थानीय सरकार लागि परेको बताइन् । कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायधिस कमलराज विष्टले अदालत र स्थानीय निकायबिच अन्याश्रित सम्बन्ध रहेको बताए । स्थानीय तह मै मेलमिलाप मार्फत न्याय सम्पादन गर्न सकिने भन्दै टुंगोमा नपुगेका मुद्दा अदालतमा पुग्ने भएकाले सकभर मेलमिलाप गर्नु पर्ने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रामपुर नगरपालिकाको वास्तविकता नबुझि नकारात्मक दृष्टिकोणले नहेर्ने भन्दै नगरको विकास र सुशासनका लागि सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । उनले जनप्रतिनिधिलाई विकासँंगै नागरिकको कागजी प्रक्रिया र सिफारिस सम्बन्धी जानकार हुन आवश्यक रहेको बताए । यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्बर शर्माले। समुदायमा शान्ति शुरक्षाका निम्ती कुनै बहाना नभएकाले नेपाल प्रहरीको कुनै विकल्प नै नभएको बताए । कसैको आग्रह पूर्वाग्रहमा रहेर नेपाल प्रहरीलाई काम गर्ने छुट नभएको उनले उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप राना, विष्णुमाया ढकाल, नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुरका अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा एस रामपुरका अध्यक्ष फणेश्वर गौतम, रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिलबहादुर खाँण, वडाध्यक्षहरु कृष्ण दर्जी, दामोदर पाठक, रामबहादुर राना, दुर्गाप्रसाद पोखरेल, दिवाकर देवकोटा, दोवराज तिवारी, दिनेश आचार्य, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, महिला विकास शाखाका पुजा परियार, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेल लगायतले घटना दर्ता, उजुरी तथा मुद्दा, बजार मूल्य बृद्धि, न्यायसँंग सम्बन्धित, विपदका विषयमा जिज्ञासा राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update