Shittalpati
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत !

पाल्पा, जिल्लाको तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका –४ मखनटोलमा रहेको तानसेन स्पेश टाइम्स केवल अफिसमा काम गर्ने ३७ वर्षीय शिव चौधरीको मृत्यु भएको हो ।

मंगलबार साँझा बाथरुममा अचेत अवस्थामा भेटिएका उनलाई युनाइटेड मिसन अस्पताल पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । बाथरुम छिरेका चौधरी लामो समयसम्म पनि ननिस्किए पछि घरधनीले हेर्दा अचेत अवस्थामा देखेका थिए । चुकुल लगाई बाथरुम भित्र अचेत अवस्थामा रहेको देखिपछि घरधनीेले प्रहरीलाई खबर गरी उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सप्तरी गोदेबरसाइन नगरपालिका १० का चौधरी विगत लामो समयदेखि तानसेन स्पेश टाइम्समा काम गर्दै आएका थिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update