Shittalpati
रामपुरका महिलालाई हस्तकलाका सामग्री उत्पादन तालिम

पाल्पा, जिल्लाको रामपुरका महिलाहरुलाई हस्तकलाका सामग्री उत्पादन सम्बन्धी तालिम दिन सुुरु गरिएको छ । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.काठमाडौंको प्राविधिक सहयोगमा एक महिने तालिम दिन लागिएको हो । 

तालिमको नगर प्रमुख रमणबहादुर थापाले  उद्घाटन गरेका हुन्  । तालिमको उद्घाटन गर्दै नगर प्रमुख थापाले महिलाहरुलाई उद्यमी बनाई आयआर्जनसँग जोड्न तालिम महत्वपूर्ण भूमिका खेल्ने बताए । देशका प्रायः उद्योग विदेशी कच्चा पदार्थमा आधारित रहेको र त्यसलाई नै प्रवद्र्धन गरिरहेको भन्दै उनले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको उल्लेख गरे । नगर प्रमुख थापाले नगरपालिकाले विभिन्न तालिम सञ्चालनका लागि धेरै लगानी गरे पनि लगानी अनुसारको काम नगरेकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘महिलाहरुलाई नगरपालिकाले गौरव गर्ने वातावरण सिर्जना हुने गरी उद्यमी बन्न जोड दिर्दै आएको छ त्यसका महिलाहरु सक्रिय भएर लाग्नुुहोस् ।’ उपप्रमुख बाल कुमारी थापाले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणको व्यवस्था नगरपालिकाले गर्ने बताइन । नगरपालिकाले गर्ने विभिन्न कार्यक्रममा स्थानीय उत्पादनको प्रयोगमा जोड दिने उनको भनाई छ । उपप्रमुख थापाले कोशेली घर कार्यक्रममार्फत उत्पादित वस्तुको खरिद विक्रीको व्यवस्था गरिने उल्लेख गरिन । 

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनम धितालले व्यवसाय सञ्चालन गर्न सक्ने गरी सिप सिक्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।  आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले फालिएर जाने पात र खोस्टाको सदुपयोगसँगै आयआर्जनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंका कार्यकारी निर्देशक युवराज गैरेले उद्यमशिलताको परिवर्तन र उत्पादको प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै तालिम पश्चात महिलाहरुले सामग्री उत्पादन गरे बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उपप्रमुख थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । ३० दिन सम्म चल्ने तालिममा नगरपालिका भित्रका ४७ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट विभिन्न सामग्री उत्पादन गर्न सिकाइने छ । जहाँ थाकलको पात र मकैको खोस्टाबाट हाते झोला, टोपी,पर्स लगाएतका विभिन्न सामग्रीहरु बनाउन सिकाइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update