Shittalpati
पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत

कृष्ण पोखरेल
पाल्पा,जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा ७५.८८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आर्थिक विकास ६३.३०, सामाजिक विकास ७६.६१ र पूर्वाधार विकास ७१.६१ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७७.३३ प्रतिशत प्रगति हासिल गरेको हो ।

सडकका ७०, भवन तथा शहरी विकासका ३२, सम्पदा पूर्वाधारका ३०, पुनः निर्माणका दुई, उर्जाको एक र सूचना तथा सञ्चारको एक वटा योजनाहरू आर्थिक बर्ष २०७७/०७८ पालिकाले सम्पन्न गरेको छ । बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेर पालिकाले हासिल गरेको प्रगति सर्वसाधरणलाई जानकारी गराएको छ ।

कोरोना कहर जोखिममै पालिकाले कृषि पशुपालनका १३, उद्योगको एक, भूमि व्यवस्थाका ३, जलश्रोत तथा सिंचाईका ३१, शिक्षाका ३१, स्वास्थ्यका ४६ योजनाहरू सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताए । ५ शैंयाको कोराना अस्पताल, सभाहल निर्माण, सबै वडामा अनलाइन घटना दर्ता, बंैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण, संस्थागत विद्यालय समायोजन, सडक स्तरउन्नती, सबै शाखामा अनलाइन तथा सफ्टवेयर सञ्चालन र २० वटा कानून निर्माण जस्ता उपलब्धिहरू पालिकाले हासिल गरेको गाउँपालिका अध्यक्ष नून बहादुर थापाले बताए । पालिकाले विरकोटमा १५ शैंयाको अस्पताल र अत्याधुनिक प्रशासनिक भवन निर्माण थालनी समेत गरेको छ । स्थानीय खोलाको संक्षिप्त वातावरणीय प्रभाव अध्ययन गरी नदीजन्य बस्तु निकासीबाट आन्तरिक आम्दानी बृद्धि गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update