Shittalpati
रामपुरमा अवैध घरेलु मदिरा नष्ट

पाल्पा (रामपुर) । इलाका प्रहरी कार्यालय रामपुरले अवैध घरेलु मदिरा नष्ट गरेको छ । बेझाँड बजारतर्फ ल्याउने क्रममा केही समय अघि जफत गरेको घरेलु मदिरा तथा कच्चा पदार्थहरु नष्ट गरेको हो ।

कार्यालयले शनिबार पत्रकार, जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थितिमा कार्यालय नजिकै प्रहरीले नष्ट गरेको हो । जस मध्ये ४० लिटर घरेलु मदिरा र २ सय लिटर बढी मदिरा निर्माणको लागि आवश्यक कच्चा पदार्थ रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update